

चोरी मुद्दाका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा घरको भित्ता फोडेर चोरी गरेर फरार रहेका एक जना ३१ वर्षपछि पक्राउ परेका छन् । जिल्लाको साविकको झलारी गा.बि.स-५ का भिमबहादुर ऐर बिहिबार पक्राउ परेका हुन् ।
उनलाई घरको भित्ता फोरेर चोरेको आरोपमा जिल्ला अदालत कञ्चनपुरले २०४९ मंसिर आठ गते २६ दिन कैद र छ हजार नौँ सय २९ रुपैँया जरिवाना तोकेको थियो ।
ऐरलाई जिल्लाबाट खटिएको प्रहरी टोलीले बिहिबार आफ्नै घरमा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरेको हो । उनलाई कञ्चनपुर जिल्ला अदालतमा पेस गराई तोकिएको सजाय भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

