६० लाख ठगेको आरोपमा गुर्जुधाराबाट एक महिला पक्राउ


ललितपुर – बैंकिङ कसुरको मुद्दामा चन्द्रागिरीबाट एक महिला पक्राउ परेकी छिन् । ललितपुर प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले चन्द्रगिरी–१२ गुर्जुधाराबाट ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा राधिका चौलागाईं श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनले विभिन्न मितिमा विभिन्न व्यक्तिहरुलाई ठगी गरेको उजुरी परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउपछि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया