भीमदत्त बन्यो देशभरकै उत्कृष्ट नगरपालिका, नगरविकास कोषले १ लाखसहित सम्मानित गर्ने


कञ्चनपुर– नगरविकास कोषद्वारा हरेक वर्ष घोषणा गरिने उत्कृष्ट नगरपालिकाको सूचीमा कञ्चनपुरको भीमदत्त नगरपालिका बनेको छ ।

भीमदत्त नगरपालिकाले विकास निर्माणको क्षेत्रमा उत्कृष्ट नगरपालिकामा मूल्याङ्कन हुँदै नगरविकास कोषले प्रत्येक बर्ष देशभरीबाट विकास निर्माणमा उत्कृष्ट हुने नगरपालिकालाई सम्मानित गर्ने गरेको छ।

आर्थिक बर्ष २०७६/७७ मा नगरविकास कोषले भिमदत्त नगरपालिकालाई देशभरीका नगरपालिकाहरुमध्येबाट विकास निर्माणका सन्दर्भमा प्रष्ट दृष्टिकोण रहेको भनी उत्कृष्ट मुल्यांकन गरेको हो। नगरविकास कोषले यस नगरपालिकालाई १ लाख नगदसहित सम्मानित गर्ने भएको छ।

नगरविकास कोष देशभरीका नगरपालिकाहरुमा शहरी पूर्वाधार विकास गर्न आर्थिक सहयोग र ऋण प्रदान गर्ने संस्था हो। नगरविकास कोषको लगानीमा नगरपालिकाले विकास गर्ने पूर्वाधार समयमा नै सम्पन्न भएकाले उत्कृष्ट नगरपालिका मूल्याङ्कन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुष्कर प्रसाद भट्टले बताए। भिमदत्त नगरपालिकाले करिब २०–२२ बर्षअघिबाट नगरविकास कोषसंग सहकार्य गरि विकास निर्माण गरिरहेको भट्टले बताए।

कञ्चनपुरको जिल्लाको सबैभन्दा पुरानो भीमदत्त नगरपालिका जिल्लाको सदरमुकाम पनि हो। वि.सं.२०४७ सालको जनआन्दोलन पश्चात् महेन्द्रनगर नगरपञ्चायत बाट नाम परिवर्तन गरी महेन्द्रनगर नगरपालिका बनाएको थियो। २०६५ साल कार्तिक २० गतेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयअनुसार शहिद भीमदत्त पन्तको सम्मानस्वरुप नगरपालिकालाई भीमदत्त नगरपालिका नामाकरण गरिएको हो।

 

प्रतिक्रिया