संसद् विघटन : प्रधानमन्त्रीका तर्फबाट बहस सकियो, सभामुखतर्फबाट बहस सुरू


काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा प्रधानमन्त्रीका तर्फको बहस सकिएको छ । प्रधानमन्त्रीका तर्फबाट अन्तिम दिन बिहीबार कानुन व्यवासायीहरू सात जनाले बहस गरेका थिए । गत माघ १९ बाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस सुरु गरेका थिए ।

त्यसपछि प्रधानमन्त्रीकै तर्फबाट कानुन ब्यवसायीहरू ३२ जनाले बहस गरेका छन् ।

प्रधानमन्त्रीका तर्फका वकिलहरूको बहस सकिएलगत्तै सभामुख कृष्ण बहादुर महरा तर्फका अधिवक्ताहरुको बहस सुरु भएको छ । सभामुख सापाकोटका तर्फबाट अधिवक्ता श्रीकृष्ण सुवेदीले बहस सुरु गरेका हुन् । संसद विघटन विरुद्धको मुद्दामा सभामुख सापकोटालाई पनि विपक्षी बनाइएको थियो ।

प्रतिक्रिया