

आउँदो बजेटमा खर्च कटौती गर्नुको विकल्प छैन : पूर्व अर्थमन्त्री पाण्डे

काठमाडौं – पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आउँदो बजेटमा चालु खर्च कटौती गर्नुको विकल्प नभएको बताएका छन् ।
आज (बिहीबार) काठमाडौंमा भएको नेपालको अर्थतन्त्र, वर्तमान अवस्था र आगामी दिशा अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले एमाले सरकारमा भएको बेला वितरणमुखी बजेट ल्याएको स्वीकार गर्दै अहिलेको अवस्था धेरै उत्साहित भएर बजेट बाँड्न सक्ने स्थिति नभएको उल्लेख गरे ।
उनले अहिले राजनीतिक पार्टीहरुले एक अर्कालाई आरोप प्रत्यारोप लगाउँदा लगाउँदै अर्थतन्त्रको सिङ्गो जहाज खतरामा पर्ने अवस्था देखिएको पनि उल्लेख गरे । अर्थमन्त्रीले सरकारसँग वित्त नीतिमा ठाउँ छैन सबै राष्ट्र बैंकले मौद्रिक नीतिमा गर्नुपर्छ भन्नु अनुचित र व्यवहारिक नभएको उनको तर्क थियो ।
उनले मुलुकको समग्र अर्थतन्त्रको जिम्मेवारी राष्ट्र बैंकको नभएर सरकार र अर्थमन्त्रीको भएको टिप्पणी गरे । उनले अर्थमन्त्रीले आफूलाई अफ्ठ्यारो पर्यो, अफ्ठ्योरोमा राष्ट्र बैंकको जिम्मेवारी भनेर भाग्न नमिल्ने बताए ।

