

हराएका २३ वटा दुईपाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण

काठमाडौं – हराएका २३ वटा दुईपाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण गरिएको छ। विभिन्न मितिमा हराएका २३ वटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार धनीलाई हस्तान्तरण गरेको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले १२ वटा मोटरसाइकल र ११ वटा स्कुटर धनीलाई हस्तान्तरण गरेका छन्।
यो सँगै चालु आर्थिक वर्षमा ४ सय २७ वटा सवारी साधन ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ। चालू आर्थिक वर्षमै ३० वटा चोरीका २ पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न ३४ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
सवारी साधन हराएको भनी प्राप्त भएको निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको सुकेधारा, दरबारमार्ग, बालकुमारी, जगाती, नयाँबसपार्क, मुलपानी, नेपालटार, नयाँबानेश्वर, ठिमी लगायतका स्थानमा दुईपाङग्रे सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो।

