मधेस सरकारबाट एमालेको समर्थन फिर्ता


जनकपुरधाम – मधेस सरकारबाट एमालेले समर्थन फिर्ता लिएको छ। जनता समाजवादी पार्टी नेपालका मुख्यमन्त्री सरोज कुमार यादवलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको हो। सोमबारदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाइएको छ।

नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले आइतबार सभामुख रामचन्द्र मण्डललाई भेटी समर्थन फिर्ताको पत्र बुझाएको थियो।

संघीय सरकारको सत्ता गठबन्धनमा एमाले माओवादी केन्द्रको गठबन्धन भत्किँदा गत चैत २१ गते एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका थिए।

एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेश सभा मामिला, शत्रुधन प्रसाद सिंह गृह तथा सञ्चार र मोहम्मद जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बनेका थिए।

प्रतिक्रिया