नर्स अनुमा मृत्यु प्रकरण : प्रेमी डा. सुजन ढकाल पक्राउ


काठमाडौं – काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका–१६ बोहराटारका डा सुजन ढकाल पक्राउ परेका छन्।

गत शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १६ बोहराटारस्थित ढकालको घरमा २९ वर्षीया श्रेष्ठले झुण्डिएर आत्मा हत्या गरेपछि श्रेष्ठको परिवारले दिएको जाहेरीको आधारमा डा ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु लामो समय प्रेम सम्बन्धमा रहेको र श्रेष्ठले विवाह गर्न प्रस्ताव गर्दा डा ढकालले नमानेपछि उनको घरमा गएर आत्माहत्या गरेको परिवारको आरोप छ । नर्स श्रेष्ठले ढकालको घर बोहराटारमा झुण्डिएर आत्महत्या गरेपछि श्रेष्ठका परिवारका सदस्यले आत्महत्या गर्न बाध्य पारेको भन्दै प्रहरीमा आत्माहत्या दुरूत्साहनको जाहेरी दिएका थिए

डा.ढकाललाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरी वृत्त बालाजुका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।

प्रतिक्रिया