

रोहित र सोमपालको मेस्सी पोज !
अन्य खेलाडीले पनि शेयर गरेर 'मेस्सी' पोज !

काठमाडौं — एसीसी प्रिमियर कपको उपाधि हात पार्दै एसिया कपका लागि छनोट भएका नेपाली खेलाडीहरुले फरक किसिमको तस्बिर खिचेर सामाजिक सञ्जालमा राखेका छन् ।
मंगलबार सम्पन्न खेलमा जित हात पारेपछि एसिया कपमा छनोट भएका खेलाडीहरु आफूहरु बसेको होटलमा पुगेपछि ट्रफिसहित फोटो सेसन गरेका हुन् । यतिबेला नेपाली क्रिकेट टिमको प्रदर्शनबाट नेपाली क्रिकेट प्रेमीका साथै खेलाडीहरू खुशीयाली मनाइरहेका छन् ।
कप्तान रोहित पौडेल र सोमपाल कामीले ट्रफिलिएर बेडमा सुतेको जस्तै गरेको फोटोहरु सार्वजनिक भएका छन् ।
यसअघि विश्वकप फुटबलमा अर्जेन्टिनाले विश्वकप जितेपछि मेस्सीले यस्तै गरी विश्वकपको ट्रफीसहित फोटो खिचाएका थिए ।
यस्तै करण केसीलगायतका अन्य खेलाडीहरूले पनि ट्रफिसहित पोज दिएका छन् ।

