आँखाको उपचार गर्न हिँडेका कांग्रेसका नेता जोशीको निधन


कञ्चनपुर– नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति एवम् राष्ट्रिय सभाका पूर्वसांसद गंगादत्त जोशीको निधन भएको छ।

हृदयाघातका कारण ८४ वर्षीय जोशीको बुधबार बिहान निधन भएको हो।

जोशीको महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा बाटामै निधन भएको हो। उनको शव महाकाली अस्पतालमा राखिएको छ।

प्रतिक्रिया