

बुढानिलकण्ठबाट प्रतिबन्धित लागूऔषधसहित १ युवती र दुई युवक पक्राउ

काठमाडौं – राजधानीको बुढानिलकण्ठबाट अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।
प्रहरी प्रभाव बुढानिलकण्ठबाट खटिएको प्रहरीको एक टोलीले बुढानिलकण्ठ नगरपालिका वडा नं. २ बदेली नजिकैबाट ३ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा धादिङ घर भई हाल बुढानिलकण्ठ–२ बस्ने सुदर्शन दाहाल, बुढानिलकण्ठकै संसार सिटौला र सोही ठाउँकी प्रविना शाही छन् ।
उनीहरुसँग डायजपाम, फेनेग्रान, नोफिन, नाइडाजेपामालगायतका १३ सय भन्दा बढी एम्पुल बरामद भएको छ । साथै उनीहरुसँग नगद ५० हजार र ३ वटा मोबाइलसमेत बरामद भएको छ ।
पक्राउ परेकालाई लागू औषध नियन्त्रण, ऐन २०४४ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

