कालीगण्डकीमा पौडी खेल्ने क्रममा युवक बेपत्ता


तानसेन – रामपुर नगरपालिका पाल्पास्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा पाल्पामा एक जना पुरुष बेपत्ता भएका छन्।

रामपुर नगरपालिका-४ कालीगण्डकी कोप्चेघाटमा शनिबार पौडी खेल्ने क्रममा भारत हिमाञ्चल प्रदेशका २१ वर्षीय अभिषेक राउत बेपत्ता भएका हुन्।

उनी रामपुर नगरपालिका-५ बेझाड बजारमा एडिक्ट ट्याटु हाउसमा काम गर्दै आएका थिए।

स्थानीय बासिन्दा र प्रहरीले बेपत्ताको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया