ट्याक्टरले किचेर एक जनाको मृत्यु


बाजुरा – बाजुराको बुढिगंगा नगरपालिका-४ जाडेपानीमा ट्याक्टरले किचेर एक पुरुषको घटनास्थलमानै मृत्यु भएको छ।

बाजुराकै बुढिगंगा नगरपालिका-४ का ३१ वर्षीय खम्म रावतको मृत्यु भएको हो। सुदुरपश्चिम प्रदेश ०१ ००२ त ४९ ७२ नम्बरको ट्याक्टरमा चढ्ने क्रममा ट्याक्टरको टायरले किचेको थियो।

ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी टाँटे बाजुराले जनाएको छ।

प्रतिक्रिया