आज १५ सयले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको भाउ ह्वातै बढेको छ । आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार बढेर तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदी तोलामा १ हजार ३४० रुपैयाँमा कारोबार भएको छ । सोमबार १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २५ रूपैयाँ बढेर १ हजार ३४० रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।

प्रतिक्रिया