

व्यवसायलाई प्रोमोट गर्न बोल्ड फोटोशूट

बलिउड अभिनेत्री इशिता दत्ताले एक फेशन ब्राण्ड सञ्चालनमा ल्याएकी छन् । उनले लकडाउनमा चलचित्र उद्योग ठप्प भएपछि आफ्नै कपडा पसल सञ्चालनमा ल्याएको बताइएको छ ।
चलचित्र ‘दृश्यम’मा अजय देवगनको को–स्टारको भूमिका निभाएकी इशिताले फेसन ब्राण्डमा आफ्नो पति वत्सल सेठले पनि साथ दिएको बताएकी छन् ।
आफ्नो ब्राण्डको प्रोमोट गर्न उनले ग्लामरस फोटोशूट समेत गराएकी छन् ।



