
नेपालीलाई शरणार्थी बनाई अमेरिका पठाउने गिरोहका थप एक पक्राउ
काठमाडाैं – नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने गिरोहका थप एक जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दाङका सन्देश शर्मालाई बुधबार काठमाडौंबाट पक्राउ गरेको हो। नेपालीलाई भुटानी शरणार्थी बनाउनमा शर्माको समेत प्रमुख भूमिका रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताएका छन्।
यसअघि कार्यालयकै टोलीले गिरोहका चार सदस्यहरू केशव दुलाल, सागर थुलुङ राई, टेक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरेको थियो। उनीहरूमाथि प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ।
यो गिरोहले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आश्वासन दिई करोडौं रकम ठगी गरेको पाइएको छ।



कागजपत्र |
