रौतहटको गरुडामा झडप हुँदा ६ प्रहरीसहित ७ जना घाइते


काठमाडौं- रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हुँदा ६ जना प्रहरी घाइते भएका छन् । मेयर उम्मेदवार दिपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद भएको थियो ।

उक्त विवादको क्रममा झडप भएको झडपमा पर एक प्रदर्शनकारी पनि घाइते भएका छन् । विवादले उग्र रुप लिएपछि गरुडा(५का गजेन्द्र साहसहित प्रहरीतर्फ ६ जना घाइते भएका छ्न् भने प्रदर्शनकारीतर्फ एकजना घाइते भएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

झडप नियन्त्रणमा लिन प्रहरीले ५ थान अश्रुग्यास प्रहार गरे पनि स्थिति नियन्त्रणमा नआएपछि प्रहरी हवाई फायर गरेको थियो ।

प्रतिक्रिया