मणिलेक क्याम्पस मेलौलीको सभापतिमा नेविसंघका भट्ट निर्वाचित 


बैतडी – बैतडीको मणिलेक क्याम्पस मेलौलीको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका नवराज भट्ट प्यानलसहित विजयी भएका छन् । नेविसंघका भट्टले ७० मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका धनीदत्त भट्टले ४४ मत ल्याए ।

मणिलेक क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी संयुक्त प्यानल बनाएर चुनाव लडेका थिए भने नेविसंघ एक्लै प्रतिस्पर्धामा थियो।सो क्याम्पसको स्ववियु सचिवमा नेविसंघकै निरज भट्ट ६८ मत ल्याएर विजयी भएका छन् भने संयुक्त प्यानलकी मीना भट्टले ४३ मत ल्याएकी छन् । यस्तै कोषाध्यक्षमा नेविसंघकी सुशीला नेगी विजयी भएकी छन् ।

नेगीले ७१ मत ल्याइन् भने उनका निकटम् प्रतिस्पर्धी संयुक्त प्यानलकी सावित्री पार्कीले ४० मत ल्याइन् ।  यस्तै सदस्यमा नेविसंघका दिनेशसिंह साउँद ६६ मत, पूजा चन्द ७२ मत, सुनिता भट्ट ६७ मत र मनोजदत्त ओझा ७१ मत ल्याएर विजयी भएका छन् । मणिलेक क्याम्पसमा १२० जना विद्यार्थी मतदाता रहेका निर्वाचन समिति संयोजक गगनराज पाण्डेयले बताए ।

प्रतिक्रिया