

माओवादी केन्द्र मधेश प्रदेश सरकारमा सहभागी

जनकपुर – नेकपा माओवादी केन्द्र सहभागी भएपछि मधेश प्रदेशको मन्त्रीपरिषदले पूर्णता पाएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीबाट सुनिता यादवलाई उद्योग वन तथा पर्यटन र रहबर अन्सारीलाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रीपरिषदले पूर्णता पाएको हो ।
नव नियुक्त मन्त्री तथा राज्यमन्त्रीले आज दिउँसो १ बजे सपथ लिने कार्यक्रम छ । यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते तीन जना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए ।
अब मधेश सरकारमा मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्रीसहित १५ सदस्यीय मन्त्रीपरिषद हुनेछ ।

