
एआईजी थापालाई प्रहरीको प्रशासनिक कामको जिम्मेवारी
काठमाडौं – प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (यूएई) गएपछि उनको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापालाई नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी दिइएको छ ।
आईजी सिंह अबुधाबीमा माघ २४ देखि २६ गतेसम्म सञ्चालन हुने इन्टरपोलको २४औं एशियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन्।
राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसीबी) काठमाडौं नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपमशमशेर जबरासमेत त्यसतर्फ प्रस्थान गरेका छन्।



कागजपत्र |
