प्रलोभन देखाएर वैदेशिक रोजगार पठाउने २ जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीका लागि पठाउँदै भन्दै ठगी गर्ने दुई जना म्यानपावर एजेन्ट पक्राउ परेका छन्।

कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले मंगलबार पक्राउ गरेको एसपी दानबहादुर मल्लले जानकारी दिए।

उदयपुर घर भई टोखा नगरपालिका–३ स्थित डेराबाट ४४ वर्षीय रवि थापा मगर र इलाम घर भई काठमाडौं–९ शम्भुमार्गस्थित न्यू लक्ष्मीमार्ग गेष्ट हाउसबाट ४१ वर्षीय डम्बर मगरलाई ब्युरोले पक्राउ गरेको हो।

पीडितलाई उनीहरूले कुवेतको रोयल रेष्टुरेन्ट वेट्रेसको काममा मासिक पारिश्रमिक १२० कुवेती दिनार हुने प्रलोभन देखाएका थिए। रेष्टुरेन्टमा काम सकाएर पोर्चुगल र अमेरिकामा रहेको रेष्टुरेन्टमा पनि पठाइदिने प्रलोभन देखाएको एसपी मल्लले बताए।

प्रतिक्रिया