

हुम्लाका एक युवक सुर्खेतमा मृतावस्थामा फेला

सुर्खेत – सुर्खेतमा हुम्लाका एक युवा मृत भेटिएका छन्।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० मा बस्दै आएका हुम्लास्थित अदानचुली गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय मिलन बुमी मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।
उनी वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० स्थित इत्राम खोला पुलमा सोमबार बेलुकी करिब ११ बजे मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

