गण्डकी प्रदेश : थप ३ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ


पोखरा – गण्डकी प्रदेशका नवनियुक्त ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यसअघि आजै मुख्यमन्त्री खगराज अधिकारीले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए । मन्त्रीमा नियुक्त हुनेमा एमालेका रोशन गाहा मगर र वेदबहादुर गुरुङ ‘श्याम’ छन् । यस्तै, माओवादीबाट रेशमबहादुर जुग्जाली रहेका छन् ।

योसँगै ७ सदस्यीय गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । यसअघि मुख्यमन्त्री अधिकारीसहित ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको थियो ।

प्रतिक्रिया