


निरन्तर क्रियाशिलताले दवाडी बंशको पहिचान दिने व्यक्ति

करिब १३ पुस्ता पहिले पश्चिम नेपालको लमजुङबाट गोरखा हुँदै काठमाडौं पश्चिम मध्यभागको नैकाप किटिनी भञ्ज्याङको उच्च भूभागमा बशिष्ट गोत्रीय दवाडीहरु बसोबास गर्दै आएका हुन् । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका आफ्नो राज्य (गोर्खा)मा गाभेर राजधानी काठमाडौं बनाएपछि दबाडीहरु पनि बसोबास गर्दै आएका हुन् ।
लिपिबद्ध आलेख नभए पनि दबाडीहरुले कृषि, सरकारी सेवा, ज्योतिष शास्त्र र पण्डित्याईं÷पुरोहित पेशा अपनाउँदै आएका हुन् । किटिनी भञ्याङबाट नै केही दवाडी परिवारहरु अन्यत्र बसाइँ सरेको विश्वास गरिन्छ ।
यसैअनुरुप स्यूचाटार किम्सीमा बसोबास गर्दै आएका केही दवाडी बन्धुहरु पेशाका खोजीमा भारततर्फ गएर सरकारी नोकरी लगायत अन्य क्षेत्रमा काम गर्दै आएका थिए । त्यही शिलशिलामा स्यूचाटार किम्सी निवासी माधब प्रसाद दवाडीले करिब ४० वर्ष कलकत्तामा सरकारी जागिरे जीवन बिताएका थिए ।
उनका साथ अन्य गाउँका केही व्यक्तिहरु अझै पनि उत्तै बसोबास गरेको पाइन्छ भने कतिको उत्तै देहवासन भयो । नोकरीका शिलशिलामा लामो समय भारत बसेका माधब प्रसाद दवाडीका तीन सुपुत्र मध्ये जेष्ठ सुपुत्र दुर्गा प्रसादले भने परम्परागत पेशा त्यागेर मुद्रण पेशामा लागेर उद्योग ब्यापार गर्दै आए ।
दुर्गा प्रसादले मनकामना प्रिन्टिङ प्रेश काठमाण्डौमा स्थापना गरी सफल व्यवसायी बनेर ख्याति कमाए । उनको नाम मुद्रण व्यवसाय सङ्ठनमा समेत निकै चर्चित रह्यो । उनी निकै मिहनेति व्यवसायीका रुपमा परिचित थिए । तर, दैवको लीला भन्नुपर्छ– उनको अल्पायुमै देहबसान भयो ।
माधव प्रसादका माईला छोरा मोहनराम दवाडीले भने पर्यटन व्यवसायलाई अगाडि बढाउँदै आएका कारण हाल पर्यटकीय स्थल पोखरामा होटल सञ्चालन गर्दै आएका छन् । निकै लामो समयदेखि उनी यो पेशामा संलग्न छन् ।
माधव प्रसादका कान्छा छोरा दामोदर प्रसादले भने आफ्नो पठन–पाठनलाई अगाडि बढाउँदै जेठा दाई दुर्गा प्रसादले अँगालेकै पेशाालाई अगाडि बढाए । र, मुद्रण व्यवसायलाई अगाडि बढाउँदै जाँदा यो व्यवसायको हक हितका लागि नेपाल मुद्रण उद्योग संघसँग आवद्ध भएर संगठन निर्माण गर्न देशव्यापी रुपमा क्रियाशिल भए र राष्ट्रिय रुपमा स्थापित नेपाल मुद्रण संघको कोषाध्यक्ष भए ।
लामो इतिहास बोकेको पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई सस्थापक रहेको नेपाल पत्रकार महासंघमा दामोदर प्रसाद दवाडीको नाम निकै चर्चामा छ । यति हुँदा हुँदै उनले देशव्यापी सञ्जाल भएको लोकतान्त्रिक मूल्य मान्यता बोकेका सम्पादक, प्रकाशकहरुलाई एकताबद्ध गर्दै लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय सञ्जाल गठन गरेका छन् ।
हाल दामोदर प्रसाद नेपाल मुद्रण उद्योग संघको सल्लाहकार छन् । मुद्रण व्यवसायसँगै पंञ्चायति व्यवस्थाविरुद्ध लागेका दामोदर प्रसाद २०४६ को राजनीतिक परिवर्तनपछि पूर्ण प्रेस स्वतन्त्रताको उपयोग गर्दै पत्रकारिता क्षेत्रमा होमिए । त्यसताका नै ‘नयाँ बिकल्प साप्ताहिक’ साप्ताहिक पत्रिका सञ्चालन गर्दै आए ।
प्रारम्भमा पेशाले मुद्रण व्यवसायी भए पनि पत्रिका संञ्चालन गर्दै मुद्रण (प्रेस) जगतमा छिरेर प्रभाब पार्नु कम चुनौतिको बिषय थिएन । यस्तो पेशालाई जो– कोहिले निरन्तरता दिन सम्भव छैन । तर, पत्रिका प्रकाशनमा दामोदर प्रसाद यस्ता ब्यक्ति हुन्, जो मुद्रण व्यवसायबाट कमाइ गरेर पत्रिकामा लगानी गरी आफ्नो पत्रकारिताको मिसन कहिल्यै छोडेनन् ।
आर्थिक उपार्जनभन्दा संचार क्षेत्र बचाउन लागिरहेका उनीले ३० वर्षदेखि पत्रिका प्रकाशन गरी पत्रकारितामार्फत लोकतान्त्रिक मूल्य र मान्यताको पक्षमा कलम चलाइरहेका छन् ।
सञ्चार क्षेत्रको लामो यात्रामा लागि परेका दामोदर प्रसाद हाल नेपालको पत्रकारिता क्षेत्रमा बरिष्ठ सञ्चारकर्मीको रुपमा स्थापित छन् ।
उनले नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको काठमाडौं शाखाको नेतृत्व गर्दै केन्द्रको बरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग प्रमुख भएर युनियनका दर्जनौ जिल्ला शाखाहरु गठनमा योगदान दिएका छन् ।
नेपालको बिकट जिल्ला जुम्लासहित जिल्लाका शाखाहरु स्थापना गर्दै क्रियाशिल ामोदर प्रसाद प्रेस युनियनमा मात्र नभएर अन्य संघ संगठनले समेत उनीसँग पेशागत र व्यवसायीक सहकार्य गर्न रुचाउँछन् ।
लामो इतिहास बोकेको पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई सस्थापक रहेको नेपाल पत्रकार महासंघमा दामोदर प्रसाद दवाडीको नाम निकै चर्चामा छ । यति हुँदा हुँदै उनले देशव्यापी सञ्जाल भएको लोकतान्त्रिक मूल्य मान्यता बोकेका सम्पादक, प्रकाशकहरुलाई एकताबद्ध गर्दै लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय सञ्जाल गठन गरेका छन् ।
दामोदर प्रसाद यस संस्थाको हाल राष्ट्रिय अध्यक्ष हुन् । दामोदर प्रसादले प्रेस काउन्सिल नेपालको सदस्य हुँदा साना तथा स्वरोजगारमूलक संचार माध्यमको संरक्षण र सम्बद्र्धनका लागि देशव्यापी अभियान चलाए । उनले स्वरोजगार सञ्चार माध्यमको स्थायित्वका लागि काम गरेका कारण नेपालका धेरै जिल्लाहरुमा ‘डी.डी.’ भनेर पनि चिनिन्छन् ।
लोकतन्त्र पुनर्वाहली गर्न उल्लेखनीय भूमिका रहेका स्वरोजगारमूलक सञ्चार माध्यमको स्थायित्वका लागि लडिरहेका दामोदर प्रसादलाई हालै सुर्खेतमा आयोजित नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाले ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’बाट सम्मानीत गरेको छ ।
यो सम्मान नेपालको पत्रकारिता क्षेत्रको उच्च सम्मानमध्येको एक हो । प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पक्षपाती दामोदर प्रसादलाई नेपालको पत्रकारिता क्षेत्रमा विभिन्न राजनीतिक विचारधारा भएका व्यक्तिले पनि साझा व्यक्तिका रुपमा लिने गर्दछन् । त्यसैले पनि उनले पत्रकार महासंघ, प्रेस काउन्सिल लगायत संघ–संस्थालाई सबैको विचार अट्ने साझा मञ्च बनाउन लागि परेको देखिन्छ ।
लामो समयसम्म नेपाल प्रेस युनियनसँग आवद्ध दामोदर प्रसादको प्रेस युनियनलाई गुट उपगुटको पञ्जाबाट मुक्त बनाउन लोकतान्त्रिक ब्यवसायिक समुह निर्माणमा प्रमुख भुमिका रहेको पाइन्छ । नेपाल प्रेस युनियन, प्रेस स्वतन्त्रताको पक्षपाती र श्रमिकको उच्च सम्मान गर्ने संस्था भएको हुँदा काग्रेसको शुभेच्छुक संस्थाले पार्टीगत गुट परस्तबाट युनियनलाई जोगाउनु पर्ने पक्षमा उभिएका छन् ।
हाल नेपाल प्रेस युनियनमा पत्रकारिता गर्नेहरु मात्र नेतृत्वमा आएका छन् । यसमा उनको उल्लेख्य भुमिका रहेको पाइन्छ । केहि समय अगाडि हाम्रो समुहले नपाली कांग्रेसको ‘मुखपत्र’ नेपाल पुकार प्रकाशन गर्दा दामोदरको उल्लेख्य सहयोग रह्यो ।
उनको पत्रकारिताको नाता नेपालमा मात्र सिमित रहेन । उनले मित्रराष्ट्र भारतबाट पत्रकारिता तालिम प्राप्त गरेका छन । त्यस्तै देश –विदेशका पत्रकारिताका फोरम, अस्ट्रेलिया, आयरल्याड, चीनको बेइजिङ्ग, कतारको दोहा लगायत नेपालको शान्ति मिसन अन्तर्गत दक्षिण सुडान समेत पत्रकारिता क्षेत्रबाट भ्रमण तथा निरीक्षण गरेका छन् ।
दामोदर प्रसाद पत्रकारिता क्षेत्रमा स्थापित नाम भएको हुँदा नेपालको राजनैतिक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेका नेपाली कांग्रेसका सभापति एवम् तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको महत्वपूर्ण बैठकमा समेत सहज रुपमा पुग्ने गर्दथे ।
नयाँ विकल्प साप्ताहिकको तत्कालिन कार्यालय टेकुमा प्रायजसो आन्दोलनका कार्यक्रम तय हुन्थे । त्यस समयमा नेताहरु पक्राउ पर्ने क्रम तीब्र थियो । त्यो समयमा उनको नीजि गाडीमा ‘प्रेस’ लेखेको स्टिकर लगाएर बरिष्ठ नेताहरु आन्दोलन तयारीमा आतेजाते, भेटघाट गर्दा र गराउँदा स्वयं उनले गाडि चलाउने गर्थे । कृष्ण प्रसाद सिटौला जनआन्दोलनका केन्द्रीय संयोजक थिए । सू्चना प्रबाहका लागि दामोदर प्रसाद प्रेस युनियनको नेतृत्व तहको सामिप्यमा रहेर प्रचार प्रसार र सूचना प्रवाह गर्थे ।
उनीसँग कोइराला परिवारको निकै लामो राजनीतिक एवम् पेशागत सम्बन्ध जोडिएको देखिन्छ । नेपालको दोस्रो जनआन्दोलन २०६२÷०६३मा उनको योगदान महत्वपूर्ण रहेको पाइन्छ । प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दै तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रतिगमनविरुद्ध लोकतन्त्र पुनर्बाहालीका लागि समाचार र लेख– रचना प्रकाशन गर्दा राजाका सचिवको दबाब र धम्कीसँग कुनै सम्झौता नगरी निडरका साथ कलम चलाइरहे ।
प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका लागि सडक संर्घष गरिरहँदा उनलाई तत्कालिन सरकारको आदेशमा प्रहरीको पटक पटकको दमनबाट सक्त घाइते भएका थिए भने बारम्बार प्रहरीको थुनामा राखिएको थियो । प्रहरीको दमनबाट उनको टाउको, खुट्टा र हातमा लागेको गहिरो चोट अहिलेसम्म देख्न सकिन्छ ।
राजाको प्रतिगमनविरुद्ध लागेका कांग्रेसका तत्कालीन नेताहरु रामबरण यादव, शुशिल कोइराला,कृष्ण सिटौला, अर्जुननर्सिहं केसी लगायतका नेताहरुलाई प्रहरीले खोजिरहेका बेला पनि ‘प्रेस’को गाडीमा उनले ओसार पसार गर्ने गर्थे ।
नयाँ विकल्प साप्ताहिकको तत्कालिन कार्यालय टेकुमा प्रायजसो आन्दोलनका कार्यक्रम तय हुन्थे । त्यस समयमा नेताहरु पक्राउ पर्ने क्रम तीब्र थियो । त्यो समयमा उनको नीजि गाडीमा ‘प्रेस’ लेखेको स्टिकर लगाएर बरिष्ठ नेताहरु आन्दोलन तयारीमा आतेजाते, भेटघाट गर्दा र गराउँदा स्वयं उनले गाडि चलाउने गर्थे । कृष्ण प्रसाद सिटौला जनआन्दोलनका केन्द्रीय संयोजक थिए । सू्चना प्रबाहका लागि दामोदर प्रसाद प्रेस युनियनको नेतृत्व तहको सामिप्यमा रहेर प्रचार प्रसार र सूचना प्रवाह गर्थे ।
चर्कर्दै गएको आन्दोलनलाई दामोदर प्रसादको स्मरणीय सहयोग रहेको स्वंयम शुशिल कोइराला बताउँनुहुन्थ्यो । दोस्रो जनआन्दोलनमा उल्लेखनीय सहयोग पार्टीले पाएको कारण उनलाई तत्कालीन पार्टी सभापति सुशिल कोइरालाले केन्द्रिय प्रचार बिभागको सदस्य सचिवमा समेत नियुक्ति गरेका थिए ।
पार्टीको प्रचार विभागमा रहँदा उनले पार्टीका सूचनाहरु सहज रुपमा सञ्चार क्षेत्रमा पुर्याउने वातावरण मिलाएका थिए । हाल अनामनगरस्थित नयाँ विकल्प डटकम र नयाँ विकल्प साप्ताहिक तथा पुष्पाञ्जली छापाखाना समेतको कार्यालय पत्रकार तालिम केन्द्र जस्तो देखिन्छ । उनले धेरै पत्रकार उत्पादन गरि सकेका छन । देश विदेशमा समेत उनले उत्पादन गरेका पत्रकार छरिएर रहेका छन् ।
यसरी मुद्रण व्यवसाय र पत्रकारीतालाई सँगसँगै लिएर चर्चामा आएका दामोदर प्रसादले धर्मपत्नी रीता ढकाल दबाडीलाई यही व्यवसाय र पत्रकारिता क्षेत्रमा दक्ष बनाई सकेका छन । रीता काठमाडौं क्षेत्र नं. ९ लाई कर्मथलो र राजनीतिक थलो बनाउँदै विभिन्न सामाजिक संघ संस्थामा आवद्ध छिन् ।
नेपाल मुद्रण उद्योग संघको वरिष्ठ उपाध्यक्ष, लायन्स क्लव अन्तरगतको टियु ब्लड बैंकको संस्थापकसहित विभिन्न संघ संस्थामा पदाधिकारी तहमा कार्यरत छिन् । उनी नेपाली कांग्रेस महासमिति सदस्य हुन् ।
दामोदर प्रसाद निडर र प्रस्टवक्ता हुन, स्वभिमानी छन् । हाल राजनीतिक ईष्र्याका कारण केहि व्यक्ति उनको प्रगति देख्न चाहदैनन् । विशेष गरि कोइराला परिवारका निकटमका कारण कोइरालाइतर कांग्रेसजन उनलाई पन्छाउन चाहन्छन ।
जेहोस उनी दबाडी बंशका ख्याति कमाएका व्यवसायी बरिष्ट पत्रकार दवाडी बन्धुको गौरब हुन् । अझै कामले नाम कमाउन अवसर र सफलता मिलोस । मेरो शुभकामना ।
(लेखक दवाडी प्राध्यापक एवम् नेपाली काग्रेसका नेता हुन् ।)

