मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेका होटलका प्रबन्धकसहित ३ जना पक्राउ


पर्सा – मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका- १५ स्थित रानीपोखरी होटलका प्रबन्धक सोही महानगरपालिका-८ घर भएका ५४ वर्षीय अनिल कुमार अरोडा, सोही होटलका वेटर महोत्तरी गौशाला नगरपालिका-११ घर भएका ३७ वर्षीय रमेश कुमार श्रेष्ठ र लम्जुङ राईनास नगरपालिका-४ बस्ने ३२ वर्षीय डोलनाथ कट्टेल रहेका छन् ।

उक्त होटलमा मानव बेचबिखन तथा ओसार पसारजन्य कार्य भइरहेको भन्ने सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरीले आइतबार राति होटलको कोठामा एक महिलालाई कारागारमा रहेका श्रीमानलाई छुटाइदिने भन्दै झुठ्ठा आस्वासन एवम् प्रलोभन समेत देखाई वेश्यावृत्ति गर्न वाध्य पारेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया