शिवम् सिमेन्ट ‘Best Managed Company of the Year’ बाट सम्मानित


काठमाडौं – शिवम्  सिमेन्ट लिमिटेड बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२) अवार्ड प्राप्त गरेको छ । शिवम सिमेन्ट्स लिमिटेडलाई न्यू बिजनेश एज प्रालिले सातौं न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड अन्तर्गत मंसिर २६ गते सोमबार काठमाडौंमा आयोजना गरेको सातौं न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड २०२२ कार्यक्रममा विभिन्न फरक फरक सातओटा संस्थागत विधामा दिईएको उक्त अवार्डहरु मध्ये  शिवम् सिमेन्ट लिमिटेडले उक्त अवार्ड प्राप्त गर्न सफल भएको छ ।

यस भन्दा पहिला पनि शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक एन.एस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भईसकेको छ । ५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुमा साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।

कम्पनीको एक सवल पक्ष यहाँको जनशक्ति, आन्तिरिक व्यवस्थापन, पारदर्शिता, ६० हजार भन्दा बढी शेयरहोल्डर एवंम कुशल व्यवस्थापक तथा व्यवस्थापनका कारण पटक पटक विभिन्न तवरबाट सम्मानित हँुदै आईरहेको छ ।

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो ।

प्रतिक्रिया