जाजरकोटमा जीप दुर्घटना, ८ जनाको मृत्यु, ३ घाइते


जाजरकोट – जाजरकोटमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

आज सोमबार दिउँसो जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा सडकबाट कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप खसेर दुर्घटनाग्रस्त हुँदा ८ जनाको मृत्यु भएको हो ।

दुर्घटनास्थलमा प्रहरी पुगेको छैन र स्थानीयबासिन्दाले उद्धारको काम गरिरहेका छन् । उद्धारमा रहेका स्थानीयका अनुसार ३ जना घाइते भएका छन् ।

प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय दशेराबाट करिब ८ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालयबाट ४६ किलोमिटर पश्चिम रहेको छ । घटनामा मृतकको सनाखत र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया