

काठमाडौंबाट ढाका साइकल यात्रा गर्दै जर्मनीका राजदूत

काठमाडौं – नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज साइकल चढेर काठमाडौंबाट बंगलादेशको राजधानी ढाका जाने भएका छन्।
भारत हुँदै आफूले झन्डै ८५० किलोमिटर यात्रा गर्ने र क्रिसमस मनाउन ढाका पुग्ने लक्ष्य रहेको उनले बताएका छन्। प्रिन्ज सन् २०२१ देखि नेपालमा राजदूत छन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले आफू यात्रामा निस्किसकेको जानकारी दिएका छन्।
I am on a bike🚴trip to Dhaka, capital of 🇧🇩, from Kathmandu through 🇮🇳. During the journey, I plan to cover 850 km and reach Dhaka by Christmas. pic.twitter.com/HuWUXh69AF
— Dr. Thomas Prinz (@GerAmbKTM) December 12, 2022

