दुर्घटनामा तरुण दलका कञ्चनपुरका नेता अर्यालको मृत्यु


नवरपरासी– कञ्चनपुरको पुनर्वास नगरपालिका–६ घर भएका नेपाली काङ्ग्रेस तरुण दल कञ्चनपुर क्षेत्र नम्बर १ का कोषाध्यक्ष रमेश अर्यालको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

बुधबार काठमाडौदेखि पुनर्वास फर्किने क्रममा नवलपरासीको दाउन्नेमा राती ८ बजे विपरीत दिशाबाट आईरहहेको ना. ३ ख ४०९ नम्बरको ट्रकले ठक्कर दिदा घाईते भएका युवा नेता अर्यालको अस्पताल लैजादै गर्दा मृत्यु भएको हो।

कच्ची सडकमा धूलो उडेका कारण पानी हालेर भिजाइएकोले उनी सवार से.६ प ८६७९ नम्बरको मोटरसाइकल चिप्लिएर पल्टिँदा विपरीत दिशा तर्फबाट आएको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यालय दुम्किवासले जनाएको छ।

मृतक अर्यालसँग सवार अन्दाजी २९ वर्षीया तुलसी कडेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको चितवनमा उपचार भईरहेको छ।

सगरमाथा नन लाईफ ईन्स्युरेन्स कम्पनी लिमिटेड धनगढी कैलालीमा कार्यरत अर्याल केही दिन अघि मात्र काम विशेषले काठमाडौ गएको पारिवारिक स्रोतले जनाएको छ। उनी हिमचुली बन उपभोक्ता समितिका उपाध्यक्ष पनि हुन्।

प्रतिक्रिया