लोकगायिका कल्पना दाहालले गरिन् विवाह


काठमाडौं – चर्चित लोकदोहोरी गायिका कल्पना दाहालले विवाह गरेकी छन् । अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग शुक्रबार उनको विवाह भएको हो ।

टेलिभिजन कार्यक्रम इन्द्रेणीमार्फत चर्चामा आएकी कल्पना विवाहपछि अमेरिकामा जाने तयारीमा छिन् । ललितपुर इमाडोलस्थित एक पार्टी प्यालेसमा विवाह समारोह भएको हो ।

गत जेठमा कल्पना र पुण्यले अदालती विवाह गरिसकेका थिए । अहिले भने परम्परा अनुसार विवाह गरेका हुन् ।

प्रतिक्रिया