अबदेखि कोरोनाको उपचार आफ्नै खर्चमा, देशभरका अस्पतालमा ५० प्रतिशत कोरोना बेड


काठमाडौं – सरकारले आजै (आइतबार) देखि लागू गरी कोरोना संक्रमणको उपचार आफ्नै खर्चले गर्नुपर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन् ।

सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ ।

‘अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ,’ प्रवक्ता गौतमले भने ।

त्यस्तै देशभरका निजी, सरकारी एवं अन्य अस्पतालहरुले कोरोना संक्रमितको उपचारका लागि यस अघि गरिएको आरक्षित सिट संख्या बढाएर ५० प्रतिशत पु¥याउनुपर्ने पनि निर्णय गरेको छ । अब देशभरका अस्पतालहरुले आफ्नो क्षमताको ५० प्रतिशत सिट कोरोना संक्रमितको उपचारका लागि व्यवस्था गर्नुपर्नेछ ।

प्रतिक्रिया