प्रतिनिधिसभामा कांग्रेसकाे दोस्रो जित, मनाङबाट टेकबहादुर गुरुङ निर्वाचित


काठमाडाैं – मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालका अनुसार, एमाले उम्मेदवार पाल्देन छेपाङ गुरुङलाई पराजित गर्दै टेकबहादुर गुरुङ विजयी भएका हुन् ।

यसअघि २०७० मा कांग्रेसका गुरुङ निर्वाचित भएका थिए । प्रतिनिधिसभातर्फ कांग्रेसको यो दोस्रो जित हो । यसअघि कांग्रेसले मुस्ताङमा जितेको थियो । ११ मंसिर २०११ मा जन्मिएका गुरुङको गृहपालिका भने मनाङ ङिस्याङ गाउँपालिका हो ।

गुरुङले १० कक्षासम्मको अध्ययन गरेका छन् । कांग्रेसबाट निर्वाचचित गुरुङ २०३६ सालबाट सक्रिय राजनीतिमा आएका थिए । २०३६ सालमा वीपी कोइरालाबाट कांग्रेसको सदस्यता लिएका गुरुङको संसदीय यात्रा भने २०७० सालबाट भएको हो । २०७० को दोस्रो संविधानसभाका लागि मनाङबाट निर्वाचित भएका थिए । सोही समयमा गुरुङ श्रम तथा रोजगार राज्यमन्त्री पनि भएका थिए ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको समयमा १३ फागुन २०७० मा श्रम राज्यमन्त्री भएका थिए । ९ पुस २०७२ सम्म राज्यमन्त्री रहेका गुरुङ विवादमा समेत तानिएका थिए । लामो समय पार्टी राजनीतिमा सक्रिय रहेका गुरुङ व्यवसायमा पनि संलग्न थिए । गुरुङ खासमा मेनव्यापार व्यवसायमा संलग्न छन् ।

प्रतिक्रिया