मनाङ प्रदेशसभा-१ मा कांग्रेसका गुरुङ निर्वाचित


मनाङ – मनाङको प्रदेशसभा १ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् । उनले एमालेका राजन गुरुङलाई ३ सय ३० मतान्तरले पराजित गरेका हुन् ।

मुनिन्द्रले १ हजार २ सय ५५ मत पाउँदा राजनले ९ सय २५ मत पाएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए । प्रदेशसभा २ मा यसअघि नै राजीव गुरुङ ‘दीपक मनाङे’ सर्वसम्मत निर्वाचित भइसकेका छन् ।

प्रतिनिधिसभा सदस्यको मत गणना चलिरहेको छ । प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङ प्रतिस्पर्धामा छन् ।  गण्डकी प्रदेशकै मुस्ताङबाट प्रतिनिधिसभा र प्रदेशसभामा यसअघि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया