

१६ डिएसपी एसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं– गृह मन्त्रालयले सोमबार १६ जना प्रहरी नायव उपरिक्षक (डिएसपी)को प्रहरी उपरिक्षक (एसपी)मा बढुवा सिफारिस गर्ने भएको छ।
गृह मन्त्रालयका सह–सचिव थानेश्वर गौतमसहित बढुवा समितिको बैठक बसीरहेको स्रोतले जनाएको छ। समितिले सोमबारै डिएसपीबाट एसपीमा बढुवा हुनेको नाम सिफारिस गर्ने बताइन्छ।
सिफारिस हुनेमा पहिलो नम्बरमा भुवनेश्वर तिवारीलाइ सिफारिस गरेको छ । त्यस्तै ऋषिराम कँडेल दोस्रो नम्बरमा बढुवा भएका छन् ।
बढुवा हुनेमा सुरेश प्रसाद काफ्ले, अमरेन्द्र बहादुर सिंह, श्यामसिंह चाैधरी, नकुल पाेखरेल, पदम बहादुर विष्ट, सुवास चन्द्र बोहोरा, बासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्र सिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलीप घिमिरे, वीरेन्द्रबहादुर शाही र राजेन्द्र रेग्मी रहेका छन् ।



