
पूर्वी नवलपुरबाट तास खेलिरहेका ५ जना पक्राउ
नवलपुर – विनयी त्रिवेणी गाउँपालिका–२ डाडाजोर बस्ने सिता पाण्डेको घरबाट तास खेलिरहेको अवस्थामा पाण्डे लगायत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १७ हजार २ सय ४० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
