
जवरजस्ती करणी लगायत अभियोग प्रमाणित भई सुधारगृहमा राखेका ५ किशोर फरार
बुटवल – विभिन्न अभियोग प्रमाणित भई रूपन्देहीको भैरहवास्थित बाल सुधार गृहमा रहेका ५ जना किशोर झ्यालको डण्डी काटेर फरार भएका छन् ।
सुधारगृहमा रहेकामध्ये नवलपरासीका ३ जना, रुपन्देही र कपिलवस्तुका एक एक जना किशोर सोमबार विहान ३ बजेतिर भागेको बालसुधार गृहले जनाएको छ । भागेकामध्ये ३ जना जवरजस्ती करणी, एकजना चोरी र एक जना लागु औषध मुद्दामा अभियोग प्रमाणित भई सुधार गृहमा राखिएका थिए ।
फौजदारी मुद्दामा दोषी प्रमाणित भएका तर १८ वर्ष उमेर नपुगेकाहरुलाई जेलको सट्टा बाल सुधार गृहमा राख्ने गरिन्छ । सुधार गृह स्रोतका अनुसार भान्साको झ्यालको डण्डी काटेर उनीहरु भागेका हुन् । ६० जनाको क्षमता रहेको सुधार गृहमा ८८ जना किशोरलाई राखिएको छ ।
भागेकाहरुको विशेष प्रहरी टोली परिचालन गरी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्याम अर्यालले जानकारी दिए ।



कागजपत्र |
