

बारामा २ नाबालकसहित एकै परिवारका तीन जनाको शव फेला

वीरगञ्ज – बारामा एकै परिवारका तीन जना मृत भेटिएका छन् ।
बाराको प्रसौनी गाउँपालिका वडा नं. ५ स्थित प्रस्टोका गाउँ नजिकैको खोलाको किनारमा एकै परिवारका ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जनाए ।
मृत्यु हुनेमा २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत भेटिएको एसपी बोगटीले बताए ।
‘एकै परिवारका तीन जना मृत भेटिएका छन्, प्रहरी टोली पुगिसकेको छ ।’ उनले भने ‘म पनि घटनास्थलमा जाँदैछु ।’
ढोरा खोला किनार तीन जनाको शव फेला परेको जानकारी दिउँसो साढे २ बजेतिर आएपछि प्रहरी टोली घटना स्थलमा पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहको प्रहरी उपरीक्षक बोगटीले बताए ।

