
टोखाबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ, तीन लाख नगद बरामद
पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–१ बस्ने ७१ वर्षीय सुकमान लामा लगायत ६ जना छन् । उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९९ हजार रूपैयाँ, कौडा १६ थान र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
