अवैध निकासी हुँदै गरेको ८० कार्टुन मदिरा महोत्तरीबाट बरामद


महोत्तरी – अवैध रूपमा नेपालबाट भारततर्फ लैजादै गरेको मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय नम्बर प्लेटको गाडी स्कारपियोमा ८० कार्टुन गौरव लेखिएको सोफी मदिरा आज प्रहरीले नियन्त्रण लिएको हो ।

महोत्तरी स्थित मनरासिस्वा नगरपालिकाको भारतको दशगजा क्षेत्रमा पर्ने बथनाहा बोर्डर हुँदै BR30 B3372 नम्बरको गाडीमा राखी लैजादै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीको अनुसार स्कारपियो गाडी १७ लाख ७२ हजार र ७२ हजार बराबरको मदिरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया