
गोरखामा बाढीले ३ घर बगायो, खोला तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
काठमाडौं — उत्तरी गोरखाको चुमनुब्रीमा बाढीले ३ वटा घर बगाएको छ ।
उक्त गाउँपालिका वडा नं. ४ भएर बग्ने मान्द्रुङ खोलामा आएको बाढीले राती ३ बजे तीन वटा घर बगाएको हाे ।
बाढीले चुमनुब्री गाउँपालिका-४ नाम्रुङ का नगु छिरिङ, उर्गीन लामा र लाक्पाभुटी लामाको घर बगाएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।
भारी वर्षापछि मान्द्रुङ खोलामा बाढी आउँदा एउटा फलामको पुलमा समेत क्षति पुगेको गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।
बाढीबाट मानवीय क्षति भने नभएको र अहिले वर्षा रोकिएका कारण खोला घट्ने क्रममा रहेको डीएसपी श्रेष्ठले बताए ।
प्रशासनले उक्त नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सतर्कता अपनाउन अनुरोध समेत गरेको छ।



कागजपत्र |
