स्याङ्जामा एकै दिन ४६ जना विभिन्न मुद्दाका प्रतिवादी पक्राउ


स्याङ्जा – जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकै दिन ४६ जना विभिन्न मुद्दाका प्रतिवादीहरू पक्राउ गरेको छ।

सार्वजनिक मुद्दामा सजाए तोकेपछि फरार उनीहरूलाई जिल्ला तथा मातहतका कार्यालयबाट खटिएका प्रहरीले बुधबार ४६ जना पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

‘प्रतिवादी पक्राउ अभियान’ सञ्चालन गरेको प्रहरीले फैसला कार्यान्वयनको सिलसिलामा विगत ५ वर्षदेखि फरार प्रतिवादी पक्राउ गरी प्रशासन कार्यालय स्याङ्जामा आवश्यक कारवाहीका लागि बुझाएको प्रनाउ खनालले बताए।

सार्वजनिक अपराध तथा अन्य कसुरका आरोपित उनीहरूबाट १ लाख २६, हजार ७५ रुपैयाँ समेत राजश्व सङ्कलन गरिएको र कसुर अनुरूप कारबाही अघि बढाएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया