

देशका विभिन्न स्थानमा गरी चार जना मृत अवस्थामा फेला

काठमाडौं – देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका १५ सखुवानी गाउँ बस्ने ४२ वर्षीय जग्दिस चौधरी आफ्नै घरमा सुतेकै ठाउँमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रूपन्देही, मर्चवार गाउँपालिका २ अमुवास्थित टिनको छानो भएको टहरा मुनि हाल ठाउँ नखुलेकी जसोधरा बानिया भनिने करिब ४० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी हुन् ।
यस्तै सुनसरी, रामधुनी नगरपालिका ५ डग्राही पोखरीस्थित धान खेतमा हाल नाम र ठेगाना नखुलेका पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । धनुषा, शहिदनगर नगरपालिका–३ यदुकुवास्थित बाँसको झ्याङमा सोही ठाउँ बस्ने ३० वर्षीया बवितिया देवी दास मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

