
हत्या गरी फरार अभियुक्त १६ वर्षपछि कतारबाट पक्राउ
काठमाडौं – ज्यान मार्ने उद्योगमा फरार एक जना १६ वर्षपछि पक्राउ परेका छन्।
२०६३ साउन २ गते काठमाडौँ महानगरपालिका वडा नं ३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा संलग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरी प्रहरीले आइतबार डिल्लीबजार कारागार चलान गरेको हो।
साथीको जन्मदिन मनाउने क्रममा झगडा हुँदा गम्भीर घाइते भएका खड्काको भोलिपल्ट बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका मगरलाई जिल्ला अदालतको आदेशानुसार कारागार चलान गरेको जानकारी दिए।
प्रवक्ता मैनालीका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगरलाई २०७९ साउन ३० गते कतार प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको हो ।



कागजपत्र |
