शंखपार्कबाट १ किलो सुनसहित दुई पक्राउ 


काठमाडौं – काठमाडौं महानगरपालिका–४ महाराजगन्ज शंखपार्कस्थित सडकबाट एक केजी सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ रुबीभ्याली गाउँपालिका–३ घर भई हाल काठमाडौं टोखा बस्ने ३० वर्षीय तोकमान तामाङ लगायत छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया