

राप्रपाका दीपक बोहोरा रूपन्देही-१ बाट सिफारिस

बुटवल – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रूपन्देही–१ बाट वरिष्ठ नेता दीपक बोहोरालाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
शनिवार संसदीय क्षेत्र नम्बर १ र देवदह नगर समितिको संयुक्त बैठकले बोहराको एकल नाम प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको राप्रपा क्षेत्र नम्बर १ का उपाध्यक्ष वसन्त न्यौपानेले बताए ।
प्रतिनिधिसभा निर्वाचन आउदो मंसिर ४ गते हुँदैछ । बोहरा रुपन्देही क्षेत्र नम्बर १ वा ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने चर्चा छ ।

