
भाउजुसँग मिलेर श्रीमतीको हत्या गरेको अभियोगमा २ जना पक्राउ
बारा – एक महिलाको हत्या गरेको अभियोगमा बाराको महागढीमाई नगरपालिका-३ गंजभवानीपुरबाट २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
महागडीमाई नगरपालिका-३ बस्ने २७ वर्षीय सैमोदिन अंसारीले आफ्नै श्रीमती २५ वर्षीया सहनाज खातुनको हत्या गरेको अभियोगमा अन्सारी र उनको भाउजुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
सहनाजको आफ्नै घरमा बिहीबार शंकास्पद मृत्यु भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले घटनाको थप अनुसन्धान गर्ने क्रममा सैमोदिनले श्रीमतीको हत्या गरेको खुल्न आएपश्चात उनलाई पक्राउ गरेको हो ।
सो घटनामा संलग्न रहेको उनकै भाउजु अप्सना खातुन समेतलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरु उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।



कागजपत्र |
