स्रोत नखुलेको ३९ लाख ५० हजार नगदसहित नागढुङ्गाबाट एक जना पक्राउ


काठमाडौं – चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३९ लाख ५० हजार ५ सय रुपैयाँ सहित नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका-६ बस्ने २२ वर्षीय टिकाराम भट्टराईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा।४ ख ९६७४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया