

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत झापाले २०६३ असोज ३ गते उनलाई जन्म कैद ठहर गरेको थियो । पुनरावेदन अदालत र सर्वोच्च अदालतबाट समेत छुट्टाछुट्टै मितिमा उक्त फैसला सदर भएको थियो ।
प्रतिवादी लावतीले उक्त मुद्दामा १ वर्ष ७ महिना २४ दिन कैद भुक्तान गरी सकेका थिए । १८ वर्ष ४ महिना ६ दिन कैद भुक्तान गर्न बाँकी रहेको अवस्थामा उनी फरार भएका थिए ।
फरार रहेका उनलाई प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो ।
उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी झापामा पठाइएको छ ।

