

मोहना नदीमा दुई जना बेपत्ता

धनगढी – कैलालीस्थित मोहना नदीमा डुबेर बिहीबार दुई जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनगढीका अनुसार धनगढी उपमहानगरपालिका-३ का १० वर्षीय प्रिन्स राना र धनगढी उपमहानगरपालिका-९ खेदाका २७ वर्षीय रिसमान चौधरी नदीमा डुबेर बेपत्ता भएका हुन ।
बेपत्ता दुवैको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । रिसमान नदीमा आएको बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा डुबेर बेपत्ता भएको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । बेपत्ताको खोजीकार्य जारी रहेको उनले बताए ।

