
गगन दाईलाई अबको नेतृत्वमा देख्न पाइयोस्ः नायक खड्का
काठमाडौं – चलचित्र प्रकाशका नायक प्रदीप खड्काले नेपाली कांग्रेसका महामन्त्री एवं युवा नेता गगन थापाको मुक्तकण्ठले प्रसंशा गर्दै अबको नेतृत्वमा देख्न पाउने अपेक्षा गरेका छन् । महामन्त्री थापा आफू अभिनित चलचित्र प्रकाश हेर्नका लागि चलचित्र हलसम्म पुगेको र संयोगले आफूले सँगै बसेर हेरेको जनाउँदै नायक खड्काले देशमा गगन थापा जत्तिको आशालाग्दा नेता अरु नभएको जनाएका छन् ।
नायक खड्काले थापासँग समाज, राजनीति, सिनेमा लगायतका विषयमा छलफल भएको उल्लेख गर्दै थापालाई नजिकबाट नियाल्न पाउँदा, उनका दृष्टिकोणहरू बुझ्दा देशले गगन दाई जत्तिको नेतृत्व पाउने हो भने प्रकाशहरूको भोगाईको परिवर्तन हाम्रै पालामा सम्भव छ, अबको नेतृत्वमा गगन दाईलाई देख्न पाइयोस’ भन्दै आफूलगायत सबैलाई शुभकामना दिएका छन् ।
उनले लेख्छन्, प्रकाशलाई यहाँहरूले दिनु भएको माया र साथका लागि कृतज्ञ छु। हिजो प्रकाश हेर्न आउनु भएका मध्ये एक जना दर्शक मेरा लागि निक्कै विशेष हुनुन्थ्यो। हुन त म राजनीतिक मान्छे हुँदै हैन तर मलाई राजनीतिक विषय, देशको नेतृत्व लगायतका विषयहरूमा धेरै चाख लाग्छ। अझै प्रकाशको भूमिका गर्दै गर्दा आम जीवनमा नेतृत्वको भूमिकालाई धेरै नजिक बाट महसुस गर्न पाएँ। नेतृत्वलाई मैले जे जति बुझेको छु, त्यस आधारमा यो पुस्ताका सबै भन्दा आशालाग्दा नेता को हुने भन्ने प्रश्नको उत्तरमा – Gagan Thapa भन्ने उत्तर दिन मलाई खास्सै सोच्नु पर्दैन।
सुखद संयोग, हिजो गगन दाईसँगको भेट जुर्यो। फिल्म हेरिसके पछि, दाईसँग समाज, राजनीति, सिनेमा लगायतका विषयमा छलफल भयो। दाईलाई नजिकबाट नियाल्न पाउँदा, उहाँका दृष्टिकोणहरू अझै स्पष्ट बुझ्न पाएँ। देशले गगन दाई जत्तिको नेतृत्व पाउने हो भने प्रकाशहरूको भोगाईको परिवर्तन हाम्रै पालामा सम्भव छ! अबको नेतृत्वमा गगन दाईलाई देख्न पाइयोस, हामी सबैलाई शुभकामना!



कागजपत्र |
